मेरो एउटा प्रेमकथाको शीर्ष गीत रेकर्डिङ

काठमाडौं, २२ माघ । समीर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथाको शीर्ष गीत रेकर्डिङ भएको छ। गीतमा रत्नशोभा महर्जनको स्वर, सुमन कपालीको संगीत र ज्योति खतिवडाको शब्द रहेको छ।

टेलिशृंखलाको निर्माता सानु नेपाल, पटकथा तथा संवाद ज्योति खतिवडा, उषाकिरण अधिकारी र समीर जोशीको रहेको छ। केही समयपछि छायाकन हुने टेलिशृंखलाको कलाकार छनोट भैरहेको निर्माता नेपालले बताइन्।

टेलिशृंखलाको कथा दर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशक जोशीले बताए। टेलिशृंखलामा विभिन्न चर्चित व्यक्तिको प्रेमकथा समेत प्रस्तुत गरिने छ।

डिजी पेको प्रस्तुति, सानु मुभिज र विनभ क्रिएसनले निर्माण गर्ने टेलिशृंखलाको छायांकन विनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति