‘आरआरआर’ ले नयाँ रिलिज डेट तोक्यो

काठमाडाै, २१ माघ । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले नयाँ रिलिज डेट सार्वजनिक गरेको छ । अब यो फिल्म २०२२ को मार्च २५ मा रिलिज हुने भएको छ ।

यसअघि सन् २०२२ जनवरी ७ लाई रिलिज मिति तोकिएको थियो । फिल्म युनिटले प्रचारमा ठूलो लगानी भएतापनि भारतमा कोरोनाको नयाँ लहर फैलिएसँगै सिनेमा हल बन्द खबरसँगै फिल्म रिलिज स्थगित गरिएको थियो । फिल्म रिलिज मितिलाई लिएर पटक पटक छलफल गरी मार्च १८ वा अप्रिल २८ लाई प्रदर्शन मिति लिन निर्माता निर्देशक लागि परेका थिए । अन्ततः फिल्म मार्च २५ मा रिलिज हुने भएको छ ।

मार्च १८ मा अक्षयकुमारको ‘बच्चन पाण्डे’ र २८ अप्रिलमा अजय देवगनको ‘रनवे ३४’ रिलिज हुने भएपछि यी दुवै मिति छलेर ‘आरआरआर’ मार्च २५ मा रिलिज हुने भएको हो । एस.एस. राजामौलीले निर्देशन गरेको यो फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय रहेकाे छ । यो फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा पनि रिलिज हुँदैछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board