कोरोना अपडेटः एकै दिन १६ को मृत्यु, २५ सय सङ्क्रमित थपिए

काठमाण्डौ, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाको मृत्यु भएकाे छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप आठ हजार चार सय २५ जना कोराना सङ्क्रमणबाट मुक्त भएका छन् । यो सङ्ख्यासहित नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेको छ ।

हाल नेपालमा ५६ हजार चार सय ५७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा एक करोड ५१ लाख ८३ हजार चार सय ४६ जनाले पूर्ण मात्रा र एक करोड ७४ लाख ९५ हजार चार सय ९४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख ५८ हजार नौ सय ५० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति