साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक

काठमाडौँ, २१ माघ । युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन् । युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ ।

टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा गायक प्रधानका बुबा राहुलले सङ्गीत संयोजन गर्नुभएको छ। साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ । प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य–दृश्यमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ । उक्त साङ्गीतिक श्रव्य–दृश्य सार्वजनिक गर्न अस्ट्रेलियास्थित कान्तिपुर होलिडेजको सहयोग रहेको जनाइएको छ । गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक गरिएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board