अमेरिका जाँदै प्रधानमन्त्री देउवानिकट नेता लेखक

काठमाडाै, २१ माघ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता रमेश लेखक अमेरिका जाने भएका छन् ।

प्रधानमन्त्री देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका बेला नेता लेखक अमेरिका जान लागेका छन् । उनी शुक्रबार राति आठ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ। एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको भएतापनि उनका स्वकीय सचिव जनक भट्टले लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताएका छन् ।

लेखकका पत्नी र छोरीका साथमा अमेरिका जान लागेका भट्टले जानकारी दिए । ‘दाइको अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध छैन। उहाँ पारिवारिक भेटघाटका लागि जान लाग्नुभएको हो’, भट्टले भने, ‘दुई महिनाअघिबाटै अमेरिका जाने तयारी हो। छोरी, भाउजू र उहाँ जान लाग्नुभएको हो ।’ लेखक अमेरिकामा झन्डै एक महिना बस्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति