भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु

काठमाडौं, २१ माघ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अवधिमा थपिनेभन्दा संक्रमण मुक्त हुने एक करिब एक लाख बढी छन् । २ लाख ३५ हजार १०० जना निको भएका हुन् ।

एक दिनमा मृत्यु हुनेको संख्या भने एक हजार एक सय रहेको छ। यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ ।

भारतमा हालसम्म ४ करोड १९ लाख ५० हजार ५०१ जना संक्रमित भएका छन् भने तीमध्ये ४ करोड ५ हजार ५१४ जना निको भइसकेका छन् । भारतमा अहिले सकृय संक्रमितको संख्या १४ लाख ४४ हजार ९ सय छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति