काठमाण्डौ, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएकाे छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ७८ पुगेका छ ।
आज नेपालमा थप तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश भएकाे मन्त्रालयले पनि जनाएको छ । आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन्, याे गरेरनेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेको छ । अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया