विमानस्थलबाट एक करोडको अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ

काठमाडौं, २० माघ ।  त्रिभुवन विमानस्थलबाट प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ। ९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।पक्राउ पर्ने मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन्।

हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ। यस्तै, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी– २ बरामद भएको छ। अर्का यात्रु सारजहाबाट एयर अरेबियाबाट आगमन भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन तीन थान १०५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।काठमाडौं, २० माघ । त्रिभुवन विमानस्थलबाट प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ। ९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।पक्राउ पर्ने मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन्।

हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ। यस्तै, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी– २ बरामद भएको छ। अर्का यात्रु सारजहाबाट एयर अरेबियाबाट आगमन भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन तीन थान १०५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति