काठमाडौं, २० माघ । कोरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेनकाे आगमनसँगै स्थगित भएको लोकसेवा आयोगका परीक्षा यही फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छ ।
आयोगले समयतालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक र प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले समेत सूचनामा उल्लेख गरेकाे छ ।
प्रतिक्रिया