आज शक्तिशाली मौसम प्रणाली प्रवेश गर्दै, शनिबारसम्म सजग रहन आग्रह


काठमाडौं, १९ माघ । आज (बुधबार) राति पश्चिम नेपालबाट वर्षा–हिमपात गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर दिएको जानकारीअनुसार यसको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली हुनेछ। शुक्रबार भने देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने देखिएको महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी विशेष बुलेटिनअनुसार यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थान तथा बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। साथै पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि छ। यसैगरी शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यसैगरी देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।शनिबार गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ भने यिनै प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति