दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १८ माघ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ। भारत सरकार र नेपाल सरकारले मन्त्रिपरिषद बैठकले महाकाली नदीमाथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति