नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु


लागोस,१८ माघ । नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल ( एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो । जनवरी २६ मा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन् । एनसीडीसीले मृत्यु दर कम गर्न राज्य जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ । यो रोग नाइजेरियामा वर्षैभरि देखा पर्दछ, तर सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ । यो रोगबाट गत वर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति