तथ्यांकमा प्रश्नचिन्ह, सांसदद्वारा पुनः जनगणनाकाे माग

१८ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले प्रश्न उठाएका छन् ।

आज बसेकाे प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले आफ्नो घरमा नै गणक नै नपुगेकाे बताए । सांसद राईले सही तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न माग गरेकी छन् । उनले भने ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या तथ्यांक लिएको छैन, यो कुराहरु मैले मेरो टोलमा पाइन ।’ त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि काठमाडौंको जनगणना नै तथ्यपरक नभएको बताए । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति