सहायक प्रजिअलाई कोरोना देखिएपछि प्रशासनिक कार्य बन्द

सिमकोट, १८ माघ । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ । यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ । प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्ता दिनका लागि सेवा बन्द गरिएको हो । सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो । यसअघिका सङ्क्रमित निको भएर सबै घर फिर्ता भइसकेको छ । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board