‘पुष्पा’ सय करोड क्लबमा प्रवेश

काठमाडौं, १७ माघ । तेलुगू भाषाकाे चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनले सय करोड भारु उठाएकाे छ । साउथ अभिनेता अल्लु अर्जुन अभिनित चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको छ ।

मुख्य तेलुगू भाषामा बनेको ‘पुष्पा’ चलचित्र अन्य तमिल, कन्नड, मलयालम र हिन्दी भाषामा डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा पनि उपलब्ध रहेकाे छ । सबै भाषामा ब्लकबस्टर सावित भएको स्राेतले उल्लेख गरेका छन् । ‘पुष्पा’मा अल्लु अर्जुनको फरक किसिमकाे स्टाइललाई दर्शक लगायत अन्य चलचित्रकर्मीबाट पनि यो तारिफ गर्नुका साथै सुपरस्टार अल्लु अर्जुनको स्टाइलको समेत नक्कल गरेका यूटुब भिडियाे समेत भाइरल बनिरहेका छन् । ‘पुष्पा’ले भारतीय बक्स अफिसमा ३५० करोडको कमाइसकेको बताएका छन् । चलचित्र सन् २०२१ मा रिलिज भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र समेत बनेको छ । कोरोना महामारीको तेस्रो लहर चलिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यो चलचित्र हेर्न सिनेमा हलसम्म दर्शक पुगिरहेको उल्लेख छ । यही डिसेम्बर १७ मा रिलिज भएको ‘पुष्पा’लाई सुकुमारले निर्देशन गरेका हुन् भने चलचित्रमा अभिनेत्री रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board