त्रिविको स्थगित परीक्षाहरू फागुनबाट संचालन हुने

काठमाडौं, १७ माघ । काेराेना संक्रमितकाे व्यापक वृद्धिका कारण स्थगन गरिएका परीक्षाहरू फागुनबाट गर्ने तयारी भएकाे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षा सञ्चालनको विषयमा छलफल भईरहेको र यही २० गते भित्रै सूचना प्रकाशन गर्ने गरी काम अगाडि बढेकाे बताए । उनले भने, ‘छलफल भइरहेको छ । बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते भित्र सूचना निकाल्छौं ।’ आइतबार काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेकाले सोमबार र मंगलबारको अवस्था हेरेर निर्णय गर्ने उनले जानकारी दिए । काेराेना संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि संचालन भईरहेका तथा हुन गईरहेका सम्पूर्ण पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति