बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती गर्दै

ढाका, १७ माघ । बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो ।

निर्देशनालयका प्रवक्ता प्रा।डा। नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पारे । महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।” दश दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उनको भनाई छ । यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनु पर्ने नियम बनाइएको थियो । अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ । बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

निर्देशनालयले पछिल्लो २४ घण्टामा बङ्गलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ । यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दावी छ । स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति