विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो

काठमाडौं, १७ माघ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २० लाख ६५ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन्। गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन्।

यस्तै २४ घण्टामा ५ हजार ५ सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ।

अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति