काठमाडौँ, १४ माघ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव तथा इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ) टेक्निकल कमिशनका संयोजक राजकुमार कार्कीलाई बिदाइ गरेको छ ।
इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन९आइएसएफ० र युनियन नेशनल डु स्पोर्ट स्कोलारी (युएनएसएस) द्वारा आगामी मे १४ देखि २२ सम्म फ्रान्सको नोम्र्याण्डीमा हुने १९औँ आइएसएफ गाइनासाइड स्कुल समर गेम्स् २०२२ को निरीक्षण भ्रमण लागि फ्रान्स जान लागेका हुन् । महासचिव कार्कीले यही माघ १८ देखि २१ गतेसम्म त्यहाँ अनुमगन गर्नुहुनेछ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र सचिव डा. दामोदर शर्माले उनलाई बिदाइ गरेका छन् । आइएसएफतर्फका विश्वका २० खेलकुदका प्रमुख उक्त कार्यक्रममा सहभागी हुनुहुनेछ । आइएसएफ गेम्स् हरेक दुई वर्षमा हुँदै आएको छ । यो प्रतियोगिता निकै ठूलो र महँगो भएकाले प्रतियागिताका लागि आयोजक राष्ट्रले ठूलो खेलकुद पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । तीन पटकको निरीक्षण भ्रमण टोलीले दिएको सुझावका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ । विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य पनि हो ।
प्रतिक्रिया