तीन महिनामा एप्पलले गर्‍यो १ खर्ब २३ अर्ब अमेरिकी डलरको बिक्री

एजेन्सी / प्रविधि कम्पनी एप्पलको बिक्री उच्च रहेको छ । गत डिसेम्बरसम्मको त्रैमासिकमा माइक्रोचिप अभावका बाबजुद एप्पलको बिक्री उच्च देखिएको हो।

एप्पलको बिक्री ११ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ। अक्टोबर–डिसेम्बर अवधिमा कम्पनीले प्रक्षेपित अनुमानलाई समेत माथ दिएको छ। महामारीमा मानिसहरुले धेरै समय अनलाइनमा बिताउँदा एप्पलका उत्पादन किन्ने संख्या ह्वात्तै बढेको हो। जनवरीको सुरुतिर कम्पनीले छोटो समयका लागि भए पनि ३० खर्ब डलर मूल्यांकनको कोशेढुंगा पार गरेको थियो।उक्त अवधिमा कम्पनीको म्याक बिक्री १२ प्रतिशतले र आईफोन बिक्री ९ प्रतिशतले बढेको छ।

यो अवधिमा कम्पनीले आईफोन १३ बाट ७१ अर्ब ६० करोड डलर राजस्व पाएको छ। कम्पनीको सेवा युनिटहरु एप्पल पे, एप स्टोर र टिभी स्ट्रिमिङ सर्भिसतर्फको राजस्व समेत २३ प्रतिशतले बढेको छ। आईप्याडको बिक्री भने १४ प्रतिशतले घटेको छ। चीनमा एप्पलको बिक्री २० प्रतिशतले बढेको पाइएको छ। एप्पलले जनाएअनुसार नाफा २० प्रतिशतले बढेर ३४ अर्ब ६० करोड डलर पुगेको छ। कम्पनीका १ अर्ब ८० करोड सक्रिय डिभाइसहरु बजारमा रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति