स्थानीय चुनावका लागि संविधान होइन नियत बाँझियो – एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं,  १४  माघ । माघ १२ गते सम्पन्न राष्ट्रिय सभा सदस्यका लागि १९ पदमा भएको निर्वाचनमा १८ पदमा सत्ता गठबन्धनका उम्मेदवारको विजय भयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सिट हासिल ग¥यो । एमाले सातै प्रदेशमा अल्पमतमा थियो, एक सिटमा गोलाप्रथा भयो, यो पनि एकप्रकारको जीत हो, एमाले जनस्तरमा भने लोकप्रिय छ उपमहासचिव प्रदीप ज्ञवाली बताउछन् ।

संविधान होइन, नियत बाँझियो

स्थानीय तहको निर्वाचन वैशाखमा नै सम्पन्न गर्न संविधान र ऐन बाँझिएको विषयमा बोल्दै उनले चुनावका लागि संविधान विल्कूलै नबाँझिएको स्पष्ट पारे । स्थानीय तहको विधायकी भूमिका छ, तीन वटा भूमिका छन् । स्थनीय तह आफै कार्यपालिका पनि हो, यसले आफै कानुन पनि बनाउछ, मेलमिलाप गराउछ र न्यायिक भूमिका पनि छ, ज्ञवाली भन्छन् ।

उहाँहरुले अहिले जुन संविधानको धारा २२५ समात्नुभएको छ, स्थानीय तहले खेल्ने विधायकी भूमिकासम्बन्धि हो । प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहबीच भिन्नता के छ भने, संघिय संसदमा पहिले संसदबाट सरकार जन्मन्छ । पहिले प्रदेशसभाको निर्वाच्न हुन्छ, प्रदेश सरकार बन्छ ।
तर, स्थानीय तहमा त्यो नितान्तः फरक छ । पहिले कार्यपालिकाको चुनाव हुन्छ, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष लगायत वडाअध्यक्ष चुनिन्छ । यो जुन बनेको कार्यपालिकाको वडीले त्यहाँको जनसंख्याको आधारमा निश्चित सदस्य निर्वाचित वा मनोनित गर्छ र यसले विधायकी रुप लिन्छ अर्थात् संसद बन्छ, उनले बताए ।

त्यसपछि मात्रै विधायकीको चुनाव हुने भएकोले स्थानीय तहको म्इाद सकिएको ६ महिनाभित्र चुनाव गराउनुपर्छ । गाउँपालिका र नगरपालिकाको चुनाव गरिसकेपछि त्यहाँको पार्लमेन्ट बनाउनुपर्छ यसको अर्थ यो होइन की, म्याद सकिएपछि ६ महिनाभित्र जहिले चुनाव गरेपनि हुन्छ ।
यसर्थ, उहाँहरु संविधानको अपव्याख्या गरिरहनुभएको छ । यो नबुझेर होइन, बुझेर हो । यो नियतवश खोट छ, उनले बताएका छन् ।

के प्रधानमन्त्री देउवा पुनः २०५९ साल दोहो¥याउछन् ?

प्रधानमन्त्री देउवाले वि.सं. २०५९ मा संसद विघटन गर्नुभयो र चुनाव गराउन नसकेर असक्षम भएर निस्किनुभयो । स्थानीय तहको निर्वाचन पनि गराउन सक्नुभएन । झण्डै १९ वर्ष रिक्तताको स्थिती सिर्जना भयो । उहाँ फेरी त्यही गल्ती दोहो¥याउन खोज्नुभएको छ ।

गठबन्धनले निर्वाचन पर सार्ने बाहना गरिरहेको बताउदै उनले भने, जेठको पहिलो हप्तासम्म स्थानीय तहको चुनाव भइसक्नुपर्छ । तर, गठबन्धनभित्रका कोही शक्ति अलग भएर एमालेको सहकार्य हुने सम्भावना छैन । किनकी माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधव नेपाल एमालेलाई कमजोर र काँग्रेसलाई बलियो बनाउन लागेको उनको आरोप छ ।

काँग्रेसले पनि अरुसँग तालमेल गर्दैन

विगतमा नेकपाको छुदाखादाको सत्ता ढालेर काँग्रेसको सरकार बनाउन प्रचण्ड र माधवले निर्णय भूमिका खेलेको बताउदै उनले एमाले पनि सहकार्यको हाल अघि बढाउने पक्षमा नरहेको बताए । जसरी पनि एमाले कमजोर र काँग्रेस बलियो बनाउन उहाँहरु मिसनमा लागिरहनुभएको छ यसकारण मूलतः एमालेले एक्लै लड्नुपर्छ भनेको हो । उहाँहरु बढी आत्तिनु भएको छ, निर्वाचन पर सार्ने बाहना गर्दैहुनुहुन्छ, उनले बताए ।

काँग्रेसले पनि अरु दलसँग तालमेल नगर्ने उनको भनाई छ । तर, नेकपाको वामपन्थी सरकार ढाल्न जुन भूमिकामा प्रचण्ड र माधवजीहरु देखिनुभयो, त्यो बिर्सेर एमालेले पुनः सहकार्य नगर्ने उनले बताएका छन् । यसको गर्ने भए त, उहाँहरु त्यतिबेला सरकार गिराउनेतिरै लाग्नुहुन्थेन नि π अहिले तत्काल सहकार्यको सम्भावना देख्दिनँ, उनी भन्छन् ।

तथापि, स्थानीय तहमा विशेषताको आधारमा छिटफुटरुपमा काँग्रेससँग पनि तालमेल हुनसक्ने भने उनले बताए । तथापि, उहाँहरु गठबन्धन मिलेरै लड्छौं भन्नुभाछ, एमालेले पनि कुनै वैशाखी टेक्नुपर्ने अवस्था छैन ।

सुदूर भविष्यमा जे भएपनि प्रचण्ड र माधव एउटै मिसनमा छन् अहिले । कम्युनिष्ट आन्दोलन बलियो बनाउने र पूजीवादी शक्तिलाई कमजोर बनाउने गरी आउनुभयो भने त्यतिबेलाको करा बेग्लै हो तर आजै भने एकताको कुनै सहकार्य सम्भावना छैन, ज्ञवाली बताउछन् ।

फोटो – ध्रुव अधिकारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति