बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ, १४ माघ । स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति