काठमाण्डौ, १३ माघ । आहा रारा गोल्डकप फुटबलमा आज भएकाे खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मनाङ मर्स्याङ्दी फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हराएकाे हाे । खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । निर्धारित ९० मिनेटका साथै अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेकाे थियो । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको रेकर्ड रहेकाे छ । अब मनाङले उपाधिका लागि आउने शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग फाइनल खेल्नेछ । हिजो मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।
प्रतिक्रिया