हप्ताकाे चाैथाे दिनसम्म घटेकाे नेप्से वृद्धि

काठमाण्डौ, १३ माघ । याे हप्ताकाे चाैथाे दिनसम्म पनि लगातार घटेको नेप्से कारोबारको अन्तिम दिन सामान्य वृद्धि भएकाे छ । आज नेप्से तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्क उकालाे लागेकाेमा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य मात्र वृद्धि भएकाे छ । फाइनान्स समूहको शेयर १४, जलविद्युतको पाँच, उत्पादनको २५ र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ । नेप्सेमा आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भयाे जसमा सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भएकाे छ । विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति