सत्ता गठबन्धनको अन्तिम उत्सव सकियो, अब वास्तविक निर्वाचन हुन्छ – उपमहासचिव रिमाल

काठमाडौं, १३ माघ ।  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनको अब उत्सव सकिएको टिप्पणी गरेका छन् । ‘राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’ बुधबारको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई हराउँदै प्रदेश १ मा शेर्पा विजयी भएका थिए । रिमालले अब हुने निर्वाचन ‘रियल’ हुने भन्दै जसले नयाँ जनादशेको मानक तय गर्ने पनि बताएका छन् ।निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले सत्ता गठबन्धनले चुनावबाट भाग्ने बहानावाजी गरिरहेको उनको जिकिर छ ।‘संबिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन’, उनको भनाइ छ । यसप्रति पार्टीका आम कार्यकर्ता सतर्क हुनुपर्ने उनको धारणा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति