काठमडौं १२ माघ । अघिल्लो दश वर्षपहिलेको जनसंख्या भन्दा नेपालमा जनसंख्या करिब २७ लाख मात्र बृद्धि भएको भएको । त्यायांक विभागका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २६ लाख ९७ हजार बढी रहेको छ ।
यसअघि २०६८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
सार्वजनिक तथ्यांक अनुसार यस पटक जनसंख्या गणना प्रदेशगत रुपमा गरिएको थियो । जसअनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।
गत कात्तिक २५ गतेबाट यस वर्षको जनगणना सुरु भएको थियो। १५ दिनसम्म जनगणना राष्ट्रिय अभियानका रुपमा चलाइएको थियो ।
सो गणनाका केही रोचक तथ्यहरु यस्ता छन् ।








प्रतिक्रिया