१० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा, धेरै जनसंख्या मधेश प्रदेशमा

काठमाडौं, १२ माघ । पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ।

१० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ।सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ। यो हिसाबले हेर्दा १० वर्षमा गण्डकी प्रदेशमा ७ लाख ५९ हजार ८८ जना अर्थात ३.१६ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ।यो सँगै पछिल्लो १० वर्षमा मधेश प्रदेशमा ७ लाख लाख २२ हजार १ सय ४३ जना थपिएका छन् अर्थात १० वर्षमा १३.३६ प्रतिशत वृद्धि भएको छ।अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति