सुदूरपश्चिममा रास्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं, १२ माघ । कैलाली । सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मत दिएका हुन् ।

एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टको उम्मेदवारी छ ।नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार छन् ।

यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।राष्ट्रियसभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ जनाका लागि निर्वाचन हुनेछ । जसमध्ये सुदूरपश्चिमबाट तीनजना निर्वाचन हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति