सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने

काठमाडौँ, माघ ११ । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति