कुनै पनि औषधिको अभाव छैन, हल्लाको पछि नलाग्नू – नेपाल औषधि उत्पादक संघ


काठमाडौं, ११ माघ । नेपाल औषधि उत्पादक संघले अहिले कुनै पनि औषधि अभाव नभएको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।

अहिलेको अवस्थामा कुनै पनि औषधिको अभाव हुन नदिन उद्योगीहरूले अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिवद्धता समेत संघले गरेको छ।

केही सञ्चार माध्यमले नेपालमा बन्ने प्यारासिटामोल लगायतका उत्पादनहरू बजारमा अभाव भएको भन्ने समाचार आएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता हल्लाको पछि नलाग्न समेत संघले आग्रह गरेको छ। अफवाहका कारण जनमानसमा डर पैदा भई बिरामी भए औषधी पनि खान पाइँदैन भन्ने सोचले आवश्यकभन्दा १० गुणा बढी घरघरमा पारासिटामोल लगायतका औषधीको सञ्चय सुरू भएको छ, संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, राज्यले आफ्ना उद्योगहरू र आफ्ना क्षमता बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको हो।विश्व बजारमा कच्चापदार्थको मूल्य अत्यधिक बढेको भए पनि उपलब्धता रहेको अवस्था भएकाले नआत्तिन संघले अनुरोध गरेको छ।

हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौं। नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौं। माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौं।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति