अमेरिकी विदेशमन्त्री र कतारका उपप्रधानमन्त्री अल-थानीबीच छलफल


वासिङ्टन ११ माघ,
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो तनावका विषयमा छलफल गर्नुभएको छ।
प्रवक्ता नेड प्राइसले युक्रेनको सिमाना नजिक रुसको सैन्य उपस्तितिका विषयमा छलफल भएको बताउँनुभएको छ । सो अवसरमा मन्त्री ब्लिन्केनले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान साझेदारहरूको अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग जारी राखेकोमा कतारलाई धन्यवाद दिनुभएको छ।

ब्लिन्केन र अलथानी बीच काबुलबाट तुरुन्तै स्थानान्तरण उडानहरू पुन: शुरु गर्न र अफगानिस्तानका जनतालाई जीवन बचाउने आर्थिक र मानवीय आवश्यकताहरू उपलब्ध गराउन सहयोगबारे पनि छलफल भएको जनाइएको छ।(रासस-एएनआई):

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति