टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौं, ११ माघ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए ।

उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति