आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेललाई हकप्रद,आईपीओलगायत निष्कासनको स्वीकृति गर्ने अधिकार

काठमाडौं, १० माघ । नेपाल धितोपत्र बोर्डका सञ्चालकसमेत रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले मन्त्री परिषदको निर्णयबाट नै इमर्जिङ नेपाल लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृत गरेको बताएका छन् । आइपिओ सस्वीकृत गरेको विषयलाई अनावश्यक रुपमा व्यक्तिगत स्वार्थको कुरा जोडेर अनावश्यक दुष्प्रचार नगर्न समेत पौडेलले आग्रह गरेका छन् ।

२०७२ आसर १८ गतेको मन्त्रिपरिषद् बैठकले इमर्जिङ नेपाल लिमिटेडको आइपिओ स्विकृत गरिदिने बारेमा सञ्चालक समितिको निर्णय अनुसार गर्ने निर्णय गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको वेबसाइटमा माघ ९ गते (आइतबार) अपडेट भएको विवरणअनुसार आइतबार कम्पनीको आईपीओ स्वीकृत भएको छ । पुस २९ गते बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयको तर्फबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेललाई हकप्रद, आईपीओलगायत निष्कासनको स्वीकृति गर्ने अधिकार दिएको थियो ।

पौडेल इमर्जिङ नेपालमा नेपाल सरकारको तर्फबाट सञ्चालक प्रतिनिधित्व गर्छन् । इमर्जिङ नेपालमा नेपाल सरकारको २ प्रतिशत मात्रै लगानी रहेको छ । कम्पनीको मुख्य लगानीकर्तामा विशाल ग्रुप, आइएमई ग्रुपलगायत निजी क्षेत्रको व्यवसायिक घराना रहेका छन् ।
इमर्जिंग नेपालको प्रवन्ध प्रत्रमा कार्यसञ्चालन गरेको दुई वर्षपछि अनिवार्य रुपमा १० प्रतिशतका लागि सार्वजनिक गर्ने घोषित प्रतिवद्धता समेत रहेको छ ।
आइपिओका लागि निवेदन दिएकाहरुको क्राइटेरिया पुगेका क्रमसंग आइपिओ स्व्ीकृत हुने महानिर्देक पौडेलले बताए । पौडेल नेपाल सरकारको तर्फबाट धितोपत्र बोर्ड र विमा समितिमा सपदेन सदस्यका रुपमा प्रतिनिधित्व गर्दछन् ।पौडेलले गर्ने काम वा सहमति अर्थमन्त्रालयकै निर्णय मानिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति