उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् ।

केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित माओवादीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी सोमबार नेता पुन स्वदेश फर्किएका हुन् । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत् नेपाल फर्किएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

नेता पुनको साथमा उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी पनि साथमै छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेलेका पुनले चीनस्थित सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए ।

सेनजेनमा नेता पुनको ३९ दिन उपचार गरिएको थियो । त्यसअघि उनको थाइल्याण्डको बैंककमा ५९ दिन उपचार गरिएको थियो । थाइल्याण्डमा उपचारपछि उनलाई चीन लगिएको थियो । नेपालमा भने पुनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

चीनबाट उपचारकै क्रममा नेता पुनले माओवादी केन्द्रको ८ औं महाधिवेशनमा पदाधिकारीमा उठ्ने इच्छा राखेको भन्दै अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनको प्रक्रिया रोक्ने प्रस्ताव गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति