सेनाको सङ्गठनात्मक संरचनाबारे सचिव शर्माद्वारा जानकारी

काठमाडौँ, १० माघ । रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरुपमा जानकारी गराइएको छ ।

उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा आयोजित कार्यक्रमा मुलुकको वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग उनले भेट गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति