रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

याउन्दे, १० माघ । अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।

आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ । “सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको छ,” मन्त्री रेने इमानुयल सादीले भने । मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो । घटना बारे थाहा पाउने वित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए । रात्रि क्लवमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए । आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने द्धार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति