काठमाडौं, १० माघ । गायिका सुमन गुरुंगको आवाजको नया गित को होला त्यो–२ (तिमि आउछौ कि भनि) ले दर्शकको राम्रो माया पाउन सफल भएको छ ।
चर्चित गायक तथा संगीतकार सुनिल गिरीको शब्द,संगीत र आवाजमा रहेको उक्त गितलाइ करिब ३ बर्षपछी फिमेल आवाजमा सार्बजनिक गरिएको यस गीतले समेत दर्शक रिझाउन सफल भएको हो । पल शाह र क्रिष्टिना थापाको अभिनय रहेको उक्त गितलाइ अनिल के मानन्धरले निर्दशन गरेका छन् । खासगरी आफ्नो भिडियो मार्फत विभिन्न रमणीय क्षेत्रलाइ देखाऊन रुचाउने गायक गिरीले यस गीतको भिडियो समेत खप्तडको विभिन्न ठाउमा छायांकन गरेका छन् ।
यो समाचार तयार पार्दा सम्म ट्रेन्डिंग ४ मा रहेको उक्त गीतको शब्द,संगीत र स्वर लाइ अत्यधिक रुचाइएको दर्शकको प्रतिक्रियाले प्रस्ट देखिन्छ । गीतको भिडियो गायक सुनिल गिरीको अफिसियल युट्युब च्यानल सुनिल गिरि मार्फत हेर्न सकिन्छ ।
प्रतिक्रिया