भारतीय प्रधानमन्त्री मोदीको घोषणा : स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत

काठमाडौं, १० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी (सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । आज हाम्रो सामु स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य छ । हाम्रो सामु स्वतन्त्रताको सयौं वर्षभन्दा अगाडि नयाँ भारत निर्माणको लक्ष्य छ ।’सुभाषचन्द्र बोसको ‘गर्न सकिन्छ, गर्छौं’ भन्ने भावनाबाट प्रेरणा लिएर अघि बढ्न पनि सबैलाई अपिल गरे ।इण्डिया गेटमा हाल डिजिटल होलोग्रामको रुपमा सुभाषचन्द्र बोसको प्रतिमा अनावरण गरिएको र केही दिनपछि ग्रेनाइटको प्रतिमा राखिने मोदीले बताएका छन् ।सुभाषचन्द्र बोस भारत स्वतन्त्रता संग्रामको अग्रणी नेता हुन् ।

उनले भन्ने गरेको ‘जय हिन्द’को नारा भारतको राष्ट्रिय नारा बनेको छ ।द्वितीय विश्वयुद्धको क्रममा अंग्रेजविरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । ‘तिमी मलाई रगत देऊ, म स्वतन्त्रता दिन्छु’ भन्ने उनको नारा पनि अत्यधिक चर्चित थियो । सुभाषचन्द्र बोसलाई भारतवासीले ‘नेता जी’ उपनामले सम्बोधन गर्दछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति