प्रचण्ड र माधवले हनुमानको पुच्छर जस्तै देउवालाई समाते – डा. सुन्दरमणि दीक्षित

काठमाडौँ,९ माघ । पार्टीको ठूल–ठूला महाधिवेशन र भेला गरेर कोरोना फैलाउन एकदम मदत गरेका दलहरु यसको रोकथाम एवम् नियन्त्रणका लागि भने एक शब्द चुइँक्क पनि नबोलेको डा. सुन्दरमणि दीक्षित बताउछन् ।

जानुपर्ने विषयमा सरकारको ध्यान गएन । बिरालोको ध्यान अन्त गएपछि मुसाले त धान खान्छ । महाधिवेशन गरेर गाउँ–गाउँ फर्केपछि गाउँमा पनि भाइरस फैलियो । सरकारकै गठबन्धनको पार्टी यसमा केन्द्रीत भएपछि सबै शक्ति सरकारको त्यही गयो । तत्काल भ्याक्सिन देऊ भनेर कसैले एक शब्द बोलेन । सरकारको ध्यान अन्त गएपछि भ्रष्टाचार हुन्छ । पोलिटिकल पार्टीक नेताहरुलाई जे भन्नुस्, जनताको कुनै वास्तै छैन, उनले बताए ।

काँग्रेस एक्लै चुनावमा जानुपर्छ

आगामी स्थनीय तहको चुनावमा पनि गठबन्धन सँगै जानेका शंका रहेको दीक्षितको भनाई छ । काँग्रेसमा देउवा मात्रै नभएको बताउदै उनले गगन थापाले त मुखै खोलिसके । काँग्रेस पार्टी हो नि । प्रचण्ड र माधवकुमार नेपाललाई त अप्ठ्यारो भएकोले हनुमानको पुच्छर समातेको जस्तै देउवालाई समातिरहेको उनी बताउछन् ।

तर, देउवा भने कसलाई खुसी पार्ने भन्नेतर्फ लाग्न नहुने र अबको चुनावमा जनतामा कुन विचार लिएर जानेमा प्रष्ट हुनुपर्ने उनको भनाई छ । काँग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका नेताहरु छन् नि । आफ्नो शीर माओवादीलाई, माधव नेपाललाई दिएर कसरी भोट पाउछ ? यसरी त, काँग्रेस पनि र तिनीहरु पनि सकिन्छ, उनी भन्छन् । यहाँ न्यायपालिका, कार्यपालिका सबै खत्तम भएको छ । यो गठबन्धन फेल पनि महाफेल भए ।

नयाँ भाइरस ओमिक्रोन छोटो समयमा तीव्र फैलिएपनि विगतको डेल्टाभन्दा घातक छैन । तर, यसलगत्तै छिटो–छिटो फैलिने र उत्तिकै प्राणघातक हुने गरी यो भाइरसको प्रकृति बद्लिन सक्छ । तर, यसतर्फ पनि सरकारको ध्यान कतिपनि नगएकोमा उनले रोष प्रकट गरेका छन् ।

फोटो – ध्रुव अधिकारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति