वैशाखमा प्रतिनिधि सभाको चुनाव कार्ड मात्रै : अध्यक्ष ओली

काठमाडौँ,९ माघ । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले वैशाखमा प्रतिनिधि सभाको चुनाव असल मनशाय नभई स्थानीय तहको चुनाव पर धकेलेर मुलुकमा राजनीतिक अन्योलता सिर्जना गर्ने कार्डको रुपमा आएको दाबी गरेका छन् ।आइतबार वक्तव्य जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको नियतमाथि प्रश्न उठाएका हुन् ।

वक्तव्यमा गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने कार्ड फ्याँके र यो प्रस्ताव कुनै असल मनशाय नभइ स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा ९एमाले० स्पष्ट रहेको उल्लेख छ ।हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौ । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौ।

साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैनु ओलीले भनेका छन्,गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए ।जनताको बीचमा जानुलाई प्रतिगमनु र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई अग्रगमनु भन्ने भाष्य निर्माण गरियो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई संविधानको जीतका रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सन को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति