काठमाडौं, ८ माघ । विश्वभर थप ३६ लाख ३२ हजार भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा यो समाचार तयार पार्दासम्म ३६ लाख ३२ हजार ६६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड ६८ लाख ८६ हजार ४ सय ३२ पुगेको छ ।
यस्तै २४ घण्टामा १६ लाख ४३ हजार ७ सय ३८ जनाको निको भएसँगै कुल निको हुनेको संख्या २७ करोड ६५ लाख ८५ हजार ३४३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ३४ जनाको मृत्यु भएको छ । यो सगै विश्वभर मृतकको संख्या कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख तीन हजार १६० रहेको छ ।
अझै पनि विश्वभर ६ करोड ४६ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९५ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७ करोड १३ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लख निको भएका छन् । ८ लाख ७ हजारको भने मृत्यु भएको छ । अमेरिकामा गत २४ घण्टामा ७ लाख ६६ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख १ हजार निको भएका छन् । २ हजार ७ सय ७४ जनाको भने मृत्यु भएको छ ।
प्रतिक्रिया