एक वर्षभित्र तीनै तहको चुनाव – प्रधानमन्त्री देउवा (पूर्णपाठसहित)

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले छ महिनामा गरेका कामकारबाहीबारे आज राष्ट्रका नाममा सम्बोधन गरेर जानकारी गराएका छन्।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री भएका थिए।उनलाई सर्वोच्च अदालतले असार २८ मा प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो।देउवाले प्रधानमन्त्री बनेपछि यो छ महिनाको अवधिमा पहिलो पटक आज राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

उनले अधिकांश समय आफ्नो सरकारले गरेका उपलब्धि सुनाउन खर्चेका थिए।उनले मुख्यगरी तीनै तहको चुनाव एक वर्षभित्र गरिने बताए। वैशाखमा स्थानीय तह वा संघीय र प्रदेशमध्ये कुन चुनाव गर्ने सत्तारूढ गठबन्धनभित्र विवाद छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति