सबै मिलेर कोभिड नियन्त्रणमा लागौँः प्रधानमन्त्री देउवा

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दे कोभिडविरुद्ध लड्नु पर्ने बताएका छन्। कोभिडको समयमा सजगता अपनाउन उनले सबै नेपालीमा आग्रह पनि गरेका छन्।

आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडका कारण विरामी परेका व्यक्तिहरुको स्वास्थ्यलाभको कामना समेत गरे।

सोही क्रममा सताव्दीकै डरलाग्दो माहामारीमा दुई वर्षदेखि खटिरहेका अग्रपक्तीमा काम गर्ने प्रति प्रधानमन्त्रीले उच्च सम्मान व्यक्त गरे।कोभिड नियन्त्रणलाई रोकथाम गर्न खोपनै जरुरी रहेको बताउँदै खोप अभियान जारी रहेको बताउँदै उनले उपचार व्यवस्थालाई चुस्तदुरुस्त बनाएको उल्लेख गरे।

साथै यो महामारीको समयमा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा कम असर गर्ने गरी अगाडि बढ्ने उनले बताए। कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति