मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत पोषणका खोप अभियान सुरु गरिने : प्रधानमन्त्री देउवा

काठमाडौं, ७ माघ ।काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत पोषणका खोप अभियान सुरु गरिने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । मातृ तथा शिशु मृत्युदर रोकथाम गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिने उनले बताए ।

त्यस्तै किसानका लागि रासायनिक मल, निःशुल्क औषधीहरु पर्याप्त हुने व्यवस्था मिलाइएको उनको भनाइ छ । कृषिबाट समृद्धि सहज भएको ठहर गर्दे उनले किसानलाई सरकारले प्राथमिकतामा राखेको बताए। विपद् प्रभावित जनताको लागि आवासको लागि काम अघि बढाइएको समेत उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board