काेराेना अपडेटः एकैदिन १० हजार ७०३ जना संक्रमित थप, ३ काे मृत्यु

काठमाडौ, ७ माघ । देशभरमा पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको भने देशभर ६५ हजार ३ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाए । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेकाे छ । यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ । कोरोनाबाट निको हुनेको हालकाे दर ९१.४ प्रतिशत छ भने काठमाडौं उपत्यका मात्र ५२९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति