‘नक्कली’ मह उत्पादन अड्डा फेला, संचालक पक्राउ

काठमाडौ, ७ माघ । उपत्यकाकाे विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एकजना पक्राउ परेका छन् ।

काठमाडौंकाे ज्याठाबाट ईन्द्रावति-६, सिन्धुपाञ्चाेकका ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका बताए ।

उनका अनुसार कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर सामग्री बिक्री वितरण गर्ने गरेको थियो। उत्पादित मह काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्री हुने गरेकाे जानकारी दिए । मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको बताए । उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र अखाद्य वस्तु रहेको खुलेको बताए । साथै साे स्थानबाट ६०० किलो तयारी मह, ६ हजार ५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५ सय किलो, चिनी एक सय किलो, जोख्ने मेसिन, सिल मेसिन लगायत पनि बरामद भएको बताएका छन् । श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर बुझाइएको छ उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति