ट्रक चालकको कान काटेर दुई युवक फरार

मोरङ, ७ माघ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटेर फरार भएका छन् ।उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए ।पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । विवाद क्रममा कान काटेर फरार भएका व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति