काठमाडौं, ६ माघ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको स्रोतले बतायो ।
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, वैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको हो ।
प्रतिक्रिया