बम विष्फोट हुँदा कम्तिमा दुईको मृत्यु २२ घाइते

लाहोर, ६ माघ । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् ।

लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भने “प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम वम) भएको बुभिएको छ ।”पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ ।
आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । तर डिसेम्बरदेखि प्रहरीविरुद्ध एकपछि अर्को विस्फोट र आक्रमण भएको छ । सरकार र पाकिस्तानका तालिबानबीच भएको झडप मारमा परेको थियो । यसअघि अफगान तालिबानसँग निकट रहेको तेह्रेक–ए–तालिबान पाकिस्तान (टीटीपी) उक्त क्षेत्रमा हुने अधिकांश घटनाहरूमा जिम्मेवार रहने गरेको भन्दै सरकारी अधिकारीले यस घटनालाई पनि सोही समूहसँग जोडेर हेरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति