स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा. पौडेल

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उनले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् । उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए ।

कार्यक्रममा उपमहासचिव डा. पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराएका थिए । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए । महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागेकाले त्यसको तयारी भइरहेको जानकारी दिए । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति